उर्लाबारी । उर्लाबारी उद्योग वाणिज्य संघले आगलागगी नियन्त्रणका लागि आगो निभाउने उपकरण (फायर एक्स्टीङ्गगुईसर ) तीन संस्थालाई निःशुल्क वितरण गरेको छ ।
बिहीबार उर्लाबारी–६ को सिद्देश्वर शिबबाबा धाम गुरुकुल, उर्लाबारी–७ को नमूना बाल गृह र जीवन बचाउ उपचार सेवा गृहमा निःशुल्क फायर एक्स्टीङ्गगुईसर वितरण गरेको हो । अध्यक्ष तारामान सिरिङ लिम्बू, महासचिब सम्झना खतिवडा, पदाधिकारी, सल्लाहकारसहितको टोलीले फायर एक्स्टीङ्गगुईसर वितरण गर्नुभएको थियो ।
संघले सिलिन्डर निःशुल्क पुनः भरिदिने व्यवस्था मिलाएको अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । संघले २ केजी, ४ केजी, ६ केजी र ९ केजी क्षमताका सिलिन्डरहरू सस्तो मूल्यमा समेत विक्री गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय