उर्लाबारी । मोरङको उर्लाबारीमा जारी तेस्रो उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा दमक लखनपुर भेट्रान्स विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ ।
आज भएको खेलमा दमक लखनपुरले आयोजक उर्लाबारी रातोलाई ३–१ गोल अन्तरको पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । दमक लखनपुरको तर्फबाट दिपेन गिरीले दुई र सुरज श्रेष्ठ एक गोल गरे । आयोजकका तर्फबाट सञ्जिब बुढाथोकीले एक गोल गरेपनि हारबाट बचाउन सकेनन् ।
दमक लखनपुरले बैशाख ६ गते हुने फाइनल खेलका लागि चारपाने भेट्रान्ससँगको भेट पक्का गरेको छ । आजको खेलको म्यान अफ दि म्याच दमक लखनपुरका दिपेन गिरी घोषित भए । उनले नगद १ हजार १ सय र ट्रफी हात पारे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय