दमक । झापाको दमकमा अजिमा र ६ प्रकारका लैङ्गिक पहिचान वृत्तचित्र दमकमा प्रदर्शन गरिएको छ ।
निर्माता तथा निर्देशक सुनिलबाबु पन्तले तयार पार्नुभएको उक्त वृत्तचित्र दमकमा लिड नेपाल झापाको संयोजनमा प्रदर्शन गरिएको हो । डि–माक्स दमकमा प्रदर्शन गरिएको वृत्तचित्र बारेमा दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराई प्रसाईले मातृसत्तात्मक विगत र त्यससमयमा महिला तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरू कसरी न्यायसंगत व्यवहारमा थिए भन्ने कुरा उजागर गरेको प्रतिकृया दिनुभयो ।
लेखक तथा पत्रकार लिलाराज खतिवडाले नेपालको तान्त्रिक परम्परामा देवीहरूकै समयदेखि लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरू स्वीकृत थिए भन्ने देखाउनु अत्यन्त सशक्त र सशक्तिकरणकारी अनुभूति भएको बताउनुभयो । लिड नेपालकी कार्यकारी निर्देशक नुमा लिम्बू चञ्चलाले भन्नुभयो–‘यो फिल्म झापामा ल्याउन पाउनु हाम्रो लागि गर्वको कुरा हो । मायाको पहिचान नेपालसँगको सहकार्यमा यस्तो ऐतिहासिक फिल्म देखाउनु हामी सबैका लागि विशेष अवसर रह्यो ।’ निर्माता तथा निर्देशक पन्तले फिल्मका बारेमा जानकारी गराउनुभएको थियो । संविधानसभा सदस्यसमेत रहनुभएका पन्त लैङ्गिक तथा यौनिक अल्पसंख्यक समूदायका अभियन्ता हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय