
उर्लाबारी । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य तथा पूर्व चर्चित फुटबल खेलाडी दिपेन्द्र धिमाल (डाइभर) लाई सम्मान गरिएको छ ।
उर्लाबारी फुटबल क्लबले धिमाललाई नगद २१ हजारसहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको हो । फुटबल क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै धिमाललाई सम्मान गरिएको छ । धिमालले मोरङ फुटबल संघको लामो समय अध्यक्षको भूमिका निर्वाह गरिसक्नुभएको छ भने उर्लाबारी फुटबल क्लबको अध्यक्षसमेत हुनुहुन्छ ।