उर्लाबारी । नेकपा (एमाले) उर्लाबारीको दोस्रो नगरअधिवेशन चैत्र २६ गते हुँदैछ । नगरअधिवेशनले नयाँ नेतृत्व चयनसमेत गर्ने भएकाले आकांक्षीहरुले उम्मेद्वारी घोषणासहित आफ्नो पक्षमा माहोल बनाउन जुटिरहेका छन् ।
यसैक्रममा उर्लाबारी–४ का पुराना कार्यकर्ता शेरबहादुर भण्डारीले यस पटक एमाले उर्लाबारीको उपाध्यक्ष पदमा उम्मेद्वारी दिने मनसाय ब्यक्त गर्नुभएको छ । मिलनसार र सहयोगी भावनाका भण्डारी सबैको साथ र सहयोगले यस पटक एमाले उर्लाबारीको उपाध्यक्ष बन्नेमा आशावादी दिनुहुन्छ । पार्टीको नेतृत्व तहमा नरहेपनि उहाँले एमाले पार्टीले गर्ने हरेक गतिबिधिमा सक्रिय सहभागिताको साथै साथ र सहयोग गर्दै आउनुभएको छ । ‘यस पटक नेतृत्व तहमै रहेर काम गर्ने इच्छा भएर उपाध्यक्षको उम्मेद्वार बन्ने मनसाय राखेको छु’ उहाँले भन्नुभयो–‘सबै पार्टी सदस्य, प्रतिनिधि तथा अग्रज नेता तथा कार्यकर्ताहरुबाट सकारात्मक साथ पाउँछु भन्ने लागेको छ । ’ कांग्रेसको पकड मानिने उर्लाबारी उद्योग वाणिज्य संघको अध्यक्षमा भण्डारी एमालेतर्फबाट निर्वाचित हुने पहिलो ब्यक्ति हुनुहुन्छ । उहाँले संघको अध्यक्ष भएर उर्लाबारी महोत्सवको आयोजना गरी उर्लाबारीको बजार चलयमान बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएको छ । संघमार्फत व्यवसायीहरुको हकहितमा उहाँले गरेका कामको अहिले पनि चौतर्फी चर्चा परिचर्चा हुने गरेको छ । लामो समयदेखि एमाले राजनीतिमा सक्रिय भण्डारीले पार्टी शुद्धीकरण, सांगठनिक विस्तार र जनअपेक्षाहरू सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सबैलाई मिलाएर एकताबद्ध गर्न सक्ने खुबी हुनुभएका भण्डारीलाई यस पटक सबैले साथ र सहयोग गरेर निर्वाचित गराउनु पर्ने अगुवा कार्यकर्ताहरुको जोड छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय