रुपेश गुरागाई
उर्लाबारी । उर्लाबारी जेसीजको बार्षिक साधारणसभा तथा शाखा अधिवेशन यही पौष १० र ११ गते हुने भएको छ ।
अधिबेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने भएकाले अध्यक्षका प्रत्यासीहरुले लबिङ थालेका छन् । प्रत्येक बर्ष नयाँ नेतृत्व चयन हुने जेसीज उर्लाबारीको नयाँ नेतृत्वको दौडमा लोलिम पोमु, सिताराम ओझा, अशोक धिमाल र तारानाथ दाहाल रहेको बुझिएको छ । सर्वसम्मत चयन भएको खण्डमा मात्र नेतृत्व लिने पक्षमा ओझा देखिएका छन् भने अन्य तीन जना चुनाबी प्रक्रियाबाट भएपनि नेतृत्व हत्याउने योजनामा रहेको जानकार स्रोत बताउँछ । नेतृत्वमा आफ्नो पक्षलाई जिताउन विभिन्न समूह सक्रिय रहेको बुझिएको छ । पोमु अरनिको हस्पिटलका अध्यक्ष एबं युवा समाजसेबीको रुपमा परिचित छन् भने धिमाल र दाहाल युवा ब्यवसायी हुन् । ओझा भने एनएमबी बैंक उर्लाबारीका शाखा प्रमुख हुन् । यी मध्ये कसको पल्लाभारी हुने हो वा निर्वाचत हुने भन्ने बारेमा यसै भन्न नसकिने बताइएको छ । सर्वसम्मत नेतृत्व चयन हुँदै आएकाले यस पटक पनि सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना रहेको बुझिएको छ । ब्यक्तित्व र नेतृत्व विकासमा जोड दिँदै आएको जेसीजमा ४० बर्षसम्मका युवाहरु मात्र आबद्ध रहने गरेका छन् । विनोद ओलीलाई निर्वाचन आयुक्त तोकिएको छ । उर्लाबारी जेसीजले पौष १० गते साधारणसभा र ११ गते निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । प्रशिक्षार्थी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय