
मोरङ / मिक्लाजुङ गाउँपालिका वडा नं. ८ स्थित आधारभूत स्वास्थ्य केन्द्रबाट खटिएको स्वास्थ्यकर्मी टोलीद्वारा निशुल्क स्वास्थ्य जाँच सेवा प्रदान भईरहेको छ।
स्वास्थ्य केन्द्रको पहलमा सञ्चालित यस कार्यक्रम अन्तर्गत वडावासी आमा-बुबा, दाजु-भाइ, दिदी-बहिनीहरूमाझ घरदैलो सेवा दिँदै रक्तचाप (ब्लड प्रेसर) तथा मधुमेह (सुगर) परीक्षण गरिएको हो। निशुल्क स्वास्थ्य परीक्षणसँगै स्थानीयलाई आवश्यक परामर्शसमेत प्रदान गरिएको स्वास्थ्यकर्मी डिल्ली भण्डारीले बताउनु भयो ।
कार्यक्रममा वडाध्यक्ष पुर्णबहादुर कुवंर( प्रवेश )ले निरीक्षण गर्नु भएको थियोे ।
यस अभियानले विशेषगरी उच्च रक्तचाप, मधुमेह तथा अन्य स्वास्थ्य समस्याको पहिचान र समयमै उपचारको आवश्यकता सम्बन्धी जनचेतना फैलाउन सहयोग पुगेको स्वास्थ्यकर्मीहरूले बताएका छन्। स्थानीयबासीले समेत स्वास्थ्य परीक्षणको अवसर पाएकोमा खुसी व्यक्त गरेका छन्।
वडास्तरीय स्वास्थ्य सेवा सहज र प्रभावकारी बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा स्थानीयहरूले जोड दिएका छन्।