सुनसरी — अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य उमेश विश्वकर्माले संगठनबाट राजीनामा दिने घोषणा गरेका छन्।

हालै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा संगठनको उम्मेदवारलाई जिताउने जिम्मेवारी पूरा गर्न नसकेको नैतिक जिम्मेवारी बहन गर्दै उनले राजीनामा घोषणा गरेका हुन्। सुकुना क्याम्पसको कमान्ड इन्चार्जको भूमिकामा रहेर स्थानीय पार्टी कमिटी, क्याम्पस कमिटी, अन्य संगठन तथा विद्यार्थी साथीहरूसँग समन्वयकारी भूमिका निर्वाह गरे पनि संगठनको अपेक्षित नतिजा प्राप्त गर्न नसकेको भन्दै उनले सम्पूर्ण जिम्मेवारी त्याग्ने निर्णय गरेका छन्। “क्रान्तिकारी आन्दोलनको विरासत बोकेको संगठन अखिल (क्रान्तिकारी) मा एक दशकभन्दा लामो समयको त्याग र समर्पण कहिल्यै भुल्ने छैन,” राजीनामा पत्रमा उल्लेख गर्दै उनले संगठनप्रति आफ्नो प्रतिबद्धता कायम रहने संकेत गरेका छन्। उनको राजीनामापछि संगठनभित्र विभिन्न प्रतिक्रियाहरू आएका छन् भने नेतृत्व तहले यसबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय