
सिजुवा । मोरङको रतुवामाई नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत डम्मरु बल्लभ बराल आउनुभएको छ ।
यसैसातादेखि प्रमुख प्रशासकीय अधिकृत बरालले रतुवामाई नगरपालिकाका काम सुरु गर्नुभएको हो । नगरपालिकाका नगरप्रमुख नागेश्वरप्रसाद सिंह, उपप्रमुख दमन्ता चुडालसहित जनप्रतिनिधि तथा कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत बराललाई स्वागत गर्नुभएको थियो ।