उर्लाबारी। मोरङको उर्लाबारीमा चैत्र २७ गतेदेखि तेस्रो उर्लाबारी भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ ।

सो प्रतियोगितामा कोशी प्रदेशका १० वटा टिमले सहभागिता जनाउने मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । उर्लाबारी भेट्रान्स फुटबल क्लबले आयोजना गर्ने सो प्रतियोगितामा ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष दिपक पोमुले जानकारी दिनुभयो ।
उर्लाबारी–६ को राधिका माध्यामिक विद्यालयको मैदानमा हुने उक्त प्रतियोगिताको उपाधि विजेता जित्ने टिमले १ लाख १ हजार र उपविजेताले ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कोषाध्यक्ष विक्रम चापागाईले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य दिपेन्द्र धिमाल, मोरङ जिल्ला अध्यक्ष सञ्जिब बुढाथोकीलगायतले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्नुभयो । प्रतियोगितामा सञ्चालनका लागि उर्लाबारी नगरपालिका, विभिन्न सहयोगीबाट सहयोग रहने उपाध्यक्ष चन्द्र तामाङ जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय