उर्लाबारी । नेकपा एमालेको यही फागुन १७ गतेदेखि सुरु हुने मोरङ जिल्ला अधिवेशनका लागि शनिबार जिल्लाका १७ वटै पालिकाबाट प्रतिनिधि छनौट गरिएको छ ।
कोशी प्रदेशका १४ वटा जिल्लामध्ये ढिलो गरी मोरङको अधिवेशन तय भएको हो । यसअघि १३ जिल्लाका अधिवेशन सम्पन्न भएका छन् ।
यसैबीच उर्लाबारीका जम्मा ९ वटा वडामध्ये ६ वटा वडामा सर्वसम्मत तथा ३ वटा वडाका केही क्लष्टरमा चुनावी प्रक्रियाबाट प्रतिनिधि छनौट गरिएको एमाले उर्लाबारी नगरपालिकास्तरिय निर्वाचन समिति संयोजक लक्ष्मीदेवी भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार वडा नम्बर ४ मा खुल्ला र महिला प्रतिनिधि कल्स्टर प्रतिनिधिका लागि प्रतिस्पर्धा भएको हो । यस्तै, वडा नम्बर ७ मा युवा क्लस्टरमा र वडा नम्बर ८ मा खुल्ला र महिला प्रतिनिधिका लागि चुनाव भएको थियो ।
वडा नम्बर १ बाट भीम श्रेष्ठ (ठुलो), गौरीशंकर दाहाल, गोपाल रिमाल, विष्णुकुमारी खकुरेल र टीका भुजेल सर्वसम्मत प्रतिनिधि छानिनुभएको छ । वडा नम्बर २ बाट इन्द्र दाहाल, सक्षम भण्डारी र सीता डाँगी प्रतिनिधिमा सर्वसम्मत हुनुभयो । ३ नम्बर वडाबाट गंगाप्रसाद बास्तोला, भिष्मराज बुढाथोकी, छविलाल दाहाल, हरिकृष्ण न्यौपाने, निर्मला गौतम र कमला मगर चयन हुनुभयो । वडा नम्बर ४ बाट युवा क्लस्टरमा डिल्ली खतिवडालाई सर्वसम्मत चयन गरिएको छ भने अन्य पदमा निर्वाचन प्रक्रियाबाट प्रतिनिधि चयन गरिएको छ । जसमा गंगाप्रसाद खरेल, सुनिल बोहोरा, लक्ष्मीनारायण धिमाल र विष्णु श्रेष्ठ विजयी हुनुभयो । यस्तै, महिलातर्फ ममता पाण्डे बुढाथोकी र अम्बिका भट्टराई निर्वाचित हुन सफल हुनुभयो । वडा नम्बर ५ बाट चेतनाथ सिग्देल (चेतन), सरोज पोख्रेल, लक्ष्मी श्रेष्ठ र मेनु पाण्डेलाई सर्वसम्मत गरिएको छ ।
६ नम्बर वडाबाट सुरेश शाक्य र कुमारी पौडेल सर्वसम्मत चयन हुनुभएको छ । वडा नम्बर ७ मा युवा प्रतिनिधिका लागि नितम चौहान विजयी हुनुभयो । सो वडामा अग्नि भट्टराई, मेघराज श्रीपाली, विकास बुढाथोकी, हरि ढकाल, उर्मिला थापा र मनमाया तामाङ सर्वसम्मत चयन हुनुभयो ।
वडा नम्बर ८ मा कुलबहादुर कार्की, अग्नि सुब्बा, उमाकान्त गौतम र रेवता भट्टराईले प्रतिनिधिमा चुनावी प्रक्रियाबाट जित हासिल गर्नुभयो । यसैगरी उर्लाबारी–९ बाट सुरेन्द्र शेर्मा, भरतमणि गौतम, खड्ग श्रेष्ठ, हिमा भण्डारी र हिरा श्रेष्ठ प्रतिनिधि छनौट हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय