
उर्लाबारी । पशुपति आवासीय माविले विद्यार्थीहरुको अन्तर्निहित कलालाई प्रस्फुटन गर्ने उद्देश्यले फुड फेस्टिबल तथा साँस्कृतिक कार्यक्रम भव्यताका साथ मनाएको छ ।
शनिबार उर्लाबारी–७ मा रहेको सो विद्यालयले पशुपति फेष्ट २०८१ भव्यताका साथ मनाएको हो । सो अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रमका साथ विज्ञान प्रदर्शनी, फुड फेष्टिबल, चित्रकला प्रदर्शनी, प्राथमिक स्वास्थ्य जाँच, पुरस्कार वितरणलगायतका कार्यक्रम राखिएको छ । सो अवसरमा साँस्कृतिक तथा सांगीतिक कार्यक्रम, बालबालिकाको फेसन शोसँगै विभिन्न खेल तथा मनोरञ्जनका स्टल र खानाका स्टल समेत राखिएको थियो । खानापिनको सैद्धान्तिक ज्ञान मात्र नभएर प्रयोगात्मक सिकाईले विद्यार्थीको आत्मविश्वास जगाउने भएकाले विगत वर्षझै यस्ता कार्यक्रमलाई निरन्तरता दिइएको विद्यालयका प्रिन्सिपल आनन्द कार्कीले जानकारी दिनुभयो । उक्त अवसरमा अभिभावक तथा सरोकारवालाहरुले विद्यार्थीहरुको सांस्कृतिक तथा खानाका स्टलहरु अवलोकन गरेका थिए ।
गुणस्तरिय शिक्षा, उपयोगी ज्ञान, उज्जवल भविष्य पशुपतिको पहिचान भन्ने नाराका साथ विद्यालय अघि बढिरहेको संस्थापक निर्देशक विजयकुमार कार्कीले जानकारी दिनुभयो । प्ले ग्रुपदेखि कक्षा १२ सम्म सञ्चालित पशुपति आमाविमा हाल १ हजार २ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।