
उर्लाबारी । मोरङको उर्लाबारीका दुई जना पूर्व राष्ट्रिय भलिबल खेलाडीलाई सम्मान गरिएको छ ।
शुक्रबार उर्लाबारी युवा क्लबले पूर्व राष्ट्रिय भलिबल खेलाडीद्वय बीरबल थापा र बम डाँगीलाई सम्मान गरेको हो । नगर प्रमुख गंगाप्रसाद खरेल, क्लबका अध्यक्ष रोहित थापालगायतले नगद ५ हजार १ सयसहित सम्मान पत्र र दोसल्ला ओढाएर थापा र डाँगीलाई सम्मान गरिएको छ ।