उर्लाबारी । मोरङको उर्लाबारीमा सम्पन्न कोशी प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि संखुवासभाको पाँचखपन नगरपालिकाले जितेको छ ।
उर्लाबारी युवा क्लबको आयोजनामा राधिका मावि उर्लाबारी–६ को खेलमैदानमा भएको उक्त प्रतियोगिताको फाइनल खेलमा आयोजक टिमलाई हराउँदै पाँचखपनले उपाधि जितेको हो ।
पाँचखपनले उर्लाबारीलाई ३०–२८, २५–२१, २५–१९ को सोझो सेटमा हराएको छ । उपाधिसँगै पाँचखपनले १ लाख १ सय ११ र उपविजेता उर्लाबारीले ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त हात पारेका छन् । प्रतियोगिताका विजेता, उपविजेता टिमलाई समापन कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, कोशी प्रदेश भलिबल संघका उपाध्यक्ष वीरबल थापालगायतले पुरस्कार वितरण गर्नुभएको थियो । फागुन ७ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा कोशी प्रदेशका ११ टिमको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष रोहित थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय