उर्लाबारी । सामाजिक व्यक्तित्व मानबहादुर तामाङको अगुवाईमा मोरङको उर्लाबारी–७ मा रहेको नमूना बाल गृहमा सहयोग गरिएको छ ।
उर्लाबारी–७ का तामाङको अगुवाईमा छोरीका छोराछोरीहरुको सु–स्वास्थ्य दिघायु, उन्नती र प्रगतिको कामनासहित सहयोग गरिएको हो । चामल १५ बोरा, भुजा २ बोरा, मुसुरी दाल १५ केजी, चिउरा १० केजी, सेलो चेल १ कार्टुन, लुगा धुने साबुन १ कार्टुन, पापर २ पाकेट, चिप्स २ केजी, कोक २ केश र नगद २५ हजार रुपैयाँ सहयोग गरिएको छ । उक्त कार्यक्रममा तामाङ परिवारका सदस्यहरु रिना याख्खा तामाङ, मनिता तामाङ, साङ्गे डोल्मा तामाङ, ममता तामाङ, रोजलिक तामाङ, राजिमा गुरुङ, रिउ गुरुङ, विश्वास गुरुङ, कुश शेर्पाको सहभागिता रहेको थियो । बाल गृहकी सचिब खगेन्द्रप्रसाद गुरागाईले सहयोगीदाताप्रति धन्यवाद प्रकट गर्नुभयो । सहयोगीदाताकै भरमा बाल गृह सञ्चालन भइरहेको बताउँदै सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभयो । सहयोगीतर्फबाट मानबहादुर तामाङले आगामी दिनमा पनि बाल गृहका बालबालिकाहरुको हितमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय