उर्लाबारी । उर्लाबारी परिवर्तनशील युवा क्लवको आयोजनामा बुधबार सम्पन्न नगरस्तरिय वादविवाद प्रतियोगिताको प्रथम भृकुटी बोर्डिङ स्कुलकी छात्रा सृष्टी अधिकारी भएकी छिन् ।
वाक स्वतन्त्रता ः प्रजातन्त्रको गहना कि दुरुप्रयोग ? भन्ने विषयमा नगरस्तरिय वादविवाद प्रतियोगिता आयोजना गरिएको थियो । उर्लाबारी–५ स्थित सुनगाभा माध्यमिक विद्यालयको सभाहलमा भएको सो प्रतियोगितामा सुनगाभाकी छात्रा रोशीना खतिवडा द्वितीय र शारदा माविकी सपना बराइलीले तृतीय स्थान हाँसिल गरेकी छिन् । उनीहरुलाई उर्लाबारी नगरपालिकाकी उपप्रमुख मिना खतिवडा पौडेलसहित प्रतियोगिताका निर्णायक मण्डलीले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो । सो कार्यक्रममा उर्लाबारीका सामुदायिक तथा निजीसमेत गरि जम्मा १८ वटा विद्यालयको सहभागिता रहेको थियो । क्लवका अध्यक्ष प्रविन घिमिरेको अध्यक्षतामा सम्पन्न सो क्लवकी कोषाध्यक्ष पूजा खनालको कार्यक्रम संयोजन र क्लबकी सचिव गरिमा ढुङ्गाना र सह–सचिव भविष्य बजगाइको संचालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय