
मोरङ, मोरङको विराटनगर महानगरपालिका-१५ स्थितबाट लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । फाल्गुन ६ गते इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका मोरङ सुन्दरहरैचा-७ का २८ बर्षीय संजिव जिमि र २४ बर्षीय अभिषेख तामाङलाई १ ग्राम ४ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
प्रतिवन्धित ब्राउनसुगर सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान तथा कानूनि कारवाही भईरहेको छ ।