
उर्लाबारी । युवाहरुलाई सीपको माध्यमबाट आत्मनिर्भर बनाउने उद्देश्य अनुसार मोरङको मिक्लाजुङ गाउँपालिका– २ मा १० दिने झोला बनाउने तालिम सुरु भएको छ ।
मिक्लाजुङ गाउँपालिकाको सहयोगमा ‘गरिबसँग विशेश्वर’ कार्यक्रम अन्तरगत झोला बनाउने तालिम सुरु भएको हो । कार्यक्रममा वडाध्यक्ष बलबहादुर श्रेष्ठले स्थानीय युवाहरुलाई सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो । उहाँले तालिमबाट प्राप्त सीपले सहभागीहरूलाई रोजगारी सिर्जना गर्न र आर्थिक रूपमा सबल बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।