
इटहरा : रतुवामाई नगरपालिका स्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि राष्ट्रनिर्माण सेकेन्डरी बोर्डिङ स्कुलले जितेको छ ।
राष्ट्रनिर्माणले १७ स्वर्ण, ९ रजत र ७ कास्य पदक जित्दै उपाधि हात पारेको हो । यस विद्यालयले पहिलोपटक रनिङ शिल्डको उपाधि जितेको छ ।
यसैगरी साविक विजेता महेन्द्र माध्यमिक विद्यालय रतुवामाई-१०, दोस्रो भएको छ । महेन्द्रले ६ स्वर्ण, ३ रजत र ५ कास्य पदक जितेको छ ।
यस्तै जनता माध्यमिक विद्यालय रतुवामाई ९ तेस्रो भएको छ । जनताले ५ स्वर्ण, ४ रजत र ३ कास्य पदक जितेको छ ।
राष्ष्ट्रनिर्माण स्कुल राष्ट्रपति रनिङ शिल्डको इतिहासमा एकैपटक १७ स्वर्ण पदक जित्ने पहिलो विद्यालय बनेको छ ।
रतुवामाई -१ स्थित सरस्वती माध्यमिक विद्यालयमा फागुन २ गतेबाट सुरु भएको प्रतियोगिता सोमबार सम्पन्न भएको हो । समापन समारोहमा विजेता विद्यार्थीलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।