
उर्लाबारी, उर्लाबारी–१ आइतबारेमा निर्माण गरिएको कल्भर्टको ढलान कार्य सम्पन्न भएको छ ।
ढलानको समयमा उर्लाबारी नगर अनुगमन समिति संयोजक तथा नगर उपप्रमुख मीना खतिवडा पौडेल, वडाध्यक्ष तिलक पाण्डे, वडा सदस्य गणेश माझी, वडा प्राविधिक विपिन श्रेष्ठले अनुगमन गर्नुभएको छ । यस्तै, सोही वडामा निर्माण गरिएको साइड वालको पनि अनुगमन सम्पन्न भएको छ । नगरपालिकाले योजनाहरुको गुणस्तरीयतामा जोड दिँदै आएको उपप्रमुख मीना खतिवडा पौडेलले बताउनुभयो ।