उर्लाबारी । मोरङको उर्लाबारी–७ को नेपाल आदर्श अंग्रेजी माध्यमिक विद्यालयले छोटो समयमै अभिभावक र विद्यार्थीहरुको मन जित्न सफल बनेको छ ।
शनिबार विद्यालय परिसरमा आयोजित भव्य समारोहबिच विविध कार्यक्रमका साथ पाँचौँ वार्षिकोत्सव ‘आदर्श अभ्योदय’ सम्पन्न भएको हो । सो अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रमका साथ विज्ञान प्रदर्शनी, फुड फेष्टिबल, चित्रकला प्रदर्शनी, रक्तदान, नृत्य, गायन प्रस्तुत गरिएको थियो । २०७७ सालमा स्थापना भएको उक्त विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्ने सवालमा उर्लाबारीका निजी विद्यालयहरुको तुलनामा अब्बल सावित बन्दै गइरहेको छ ।

May be an image of 8 people and text that says 'नपा आद् अ llence ध्याच क Nepal lepalAadarsha adarsha Cugash secnadar Scboal 2025 Nenal Aadarsha Enzlish Secoudary School 2025 Nepal Aadarsha は口 English Secnadar School ንበጋና Nepal Aadarsha English Secondary School 21125 Nepal Aadarslız irglsh shSecardarySchool Secordary School'
उक्त विद्यालयमा प्ले गु्रपदेखि कक्षा १० सम्म पढाई हुँदै आएको छ । नेपाल आर्दशले गुणस्तरीय एबं ब्यवहारिक शिक्षामा जोड दिँदै आएका कारण पनि विद्यार्थी र अभिभावकको मन जित्न सफल बनेको हो । यस विद्यालयमा कम्प्युटर, विज्ञान प्रयोगशाला, पुस्तकालय, क्यान्टिन, स्कुल बस, परामर्श सेवा, अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमणलगायत सञ्चालन हुँदै आएको छ भने खेलकुद, गायन, नृत्यलगायतका कक्षा सञ्चालन हुँदै आएको छ ।

May be an image of 6 people and text that says 'Nepal Aadarsha Eugish Secnadary Scboal 2025 Niepal Aadarsha English Secoudary choo 2025 Nepal Aadarsba English Secnadary School 2025 Nepal Aadarsha Ergish Secondary School 2025 Nepal Aadarsin English Secardary School 20'
पूर्व प्राथमिक तहमा मन्टेस्वरी विधिबाट अध्यापन, दक्ष, अनुभवी शिक्षक–शिक्षिकाद्वारा अध्यापन,स्वच्छ, एकान्त एवं सुविधा सम्पन्न विद्यालय भवन, स्कुल बस, प्राथमिक उपचार, खेलकुद र अतिरिक्त क्रियाकलापको विशेष व्यवस्था, कम्प्युटर शिक्षा तथा स–साना नानीहरुका लागि विशेष रेखदेखको व्यवस्था, समय सापेक्ष प्राविधिक शैक्षिक क्रियाकलापलगायतमा पनि विद्यालयले जोड दिँदै आएको विद्यालयका संस्थापक प्रिन्सीपल सविना खड्का कार्कीले जानकारी दिनुभएको छ । विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षासँगै खेलकुद तथा अनुशासनमा रहन विद्यालयले प्रोत्साहित गर्ने गरेको उहाँको भनाई छ । स्कुलले बालबालिकालाई आफ्नो प्रतिभा तिखार्नेसँगै नयाँ प्रतिभाको जन्म दिने कामममा विशेष काम गर्ने गरेको पनि उहाँले बताउनुभयो । बिद्यार्थीहरुको प्रतिभालाई अभिवृद्धी गर्न विद्यायल प्रयत्नशील रहेको उल्लेख गर्दै उहाँले बालबालिकाहरुको नियमित र अतिरिक्त क्रियाकलापमा जोड दिइरहेको बताउनुभयो । ३५ जना शिक्षक तथा १६ जना कर्मचारीहरु सो विद्यालयमा कार्यरत रहनुभएको छ भने ६ सय भन्दा बढी विद्यार्थी अध्ययरत रहनुभएको छ । दैनिक पढाई लेखाईका अलवा अतिरित्त क्रियाकलापलाई मध्यनजर गरेर, शैक्षिक उन्नयनको अभिन्न अंग मान्दै विभिन्न अतिरिक्त क्रियाकलापहरु भइरहेको सञ्चालक प्रकाश कार्कीले जानकारी दिनुभयो ।

May be an image of 10 people and text that says 'የየክርያቶንን Nepal Aadarsha Englash Secnadary Scboal 2025 liesal Aadarsha Enzlish Secandary Schoo School2025 2025 Nepal Aadarsba English secnndary Schoal 2025 Nepal Aadarsha Ergish 6ec Sckool2025 Nepal Aadarsha Erghish Secondary Schnol'

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय