उर्लाबारी । मोरङको उर्लाबारी–८ मा रहेको न्यू भिजन एकाडेमीले १५ औं वार्षिकोत्सब एवं अभिभावक दिवस मनाएको छ ।
शनिबार उर्लाबारी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कुलबहादुर कार्कीको प्रमुख आतिथ्यता एबं एकाडेमीका संस्थापक खड्गबहादुर विष्टको अध्यक्षतामा उक्त कार्यक्रम गरिएको होे । सो अवसरमा नृत्य, गायन, नाटक, उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ भने खेलकुद क्षेत्रमा योगदान पु¥याउने अखिल नेपाल फुटबल संघ(एन्फा) का केन्द्रीय सदस्य दिपेन्द्र धिमाललाई सम्मान गरिएको छ । २०६७ सालमा स्थापना भएको सो विद्यालयमा ३ सय ६५ जना विद्यार्थीहरु अध्ययरत रहेका छन् । ३४ जना शिक्षक कर्मचारी रहेका छन् भने सुविधासम्पन्न भवनमा १९ वटा कोठा रहेका छन् । न्यू भिजन एकाडेमीले विद्यार्थीहरुमा ब्यबहारिक तथा संस्कारयुक्त ज्ञान प्रदान गर्दै आएको प्रिन्सिपल अजितकुमार भट्टराईले बताउनुभयो । नर्सरीदेखि कक्षा १० सम्म अध्यापन गराउँदै आएको विद्यालयले गुणस्तरीय शिक्षा दिँदै आएको छ । भौतिक पूर्वाधारयुक्त विद्यालयमा क्यान्टिन, कम्प्यूटर ल्याव रूम, शौचालय, कक्षाकोठाको व्यवस्थापन बालमैत्री तरिकाले गरिएको उहाँको भनाई छ । टाढाका विद्यार्थीका लागि दुई वटा स्कूल बसको व्यवस्था गरिएको छ ।

May be an image of 2 people, flute, eyeglasses and text

विद्यालयले बालबालिकाहरुमा रहेको अन्तरनिहित क्षमताको विकास गर्नका लागि खेलकुद, कला, साहित्य, सिर्जनाका क्षेत्रमा पनि अगाडि बढाइएको छ । विभिन्न स्थानमा भएका कार्यक्रमहरु उत्कृष्ट प्रदान गर्दै आएका छन् । साथै, विद्यालयले अभिभावकहरुसँग पनि आत्मियता बढाउने गरी विभिन्न चाडपर्वहरुमा कार्यक्रम गर्दै आएको छ । कुशल व्यवस्थापक, दक्ष, तालिमप्राप्त शिक्षकशिक्षिका रहेको न्यू भिजनमा फरक शैली र पारामा शिक्षण सिकाइ सञ्चालन हुने भएपछि उक्त विद्यालयतर्फ अभिभावकको ध्यान आकृष्ट भएको छ ।

May be an image of one or more people and temple

May be an image of one or more people and text

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय