
उर्लाबारीमा सञ्चालित विभिन्न योजनाहरुको अनुगमन गरिएको छ ।
नगरस्तरीय अनुगमन समिति संयोजक तथा नगर उपप्रमुख मीना खतिवडा पौडेलको नेतृत्वमा अनुगमन समिति सदस्यहरु कृष्णबहादुर वर्देवा, कृष्णमाया कडरिया, इन्जिनियर पोखराज साह, वडा प्राविधिकसहित कृषिका कार्यक्रम र विभिन्न वडामा सञ्चालित योजनाको अनुगमन गरिएको हो ।