
उर्लाबारी । मोरङको उर्लाबारी–५ मा जनजागरण मिडिया एजेन्सीको कार्यालय उद्घाटन गरिएको छ ।
शुक्रबार पूर्व नगरप्रमुख खड्ग फागोको प्रमुख आतिथ्यतामा कार्यालय उद्घाटन गरिएको हो । एजेन्सीका अध्यक्ष पुजन दासको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा उर्लाबारी वडा नं. १ का वडाध्यक्ष तिलक पाण्डे, सञ्चार क्लब नेपालका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडा, समाजसेवी रुद्र बहादुर, नेकपा माओवादी केन्द्र उर्लाबारीका अध्यक्ष गजेन्द्र दंगलालगायतले बोल्नुभएको थियो । उक्त अवसरमा वक्ताहरूले सञ्चार क्षेत्रको महत्व र यस प्रकारका संस्थाहरूले समाजमा पु¥याउने योगदानबारे धारणा राखेका राख्नुभएको थियो । सञ्चारकर्मी पुजन दास र सम्झना राईले उक्त एजेन्सी सञ्चालनमा ल्याउनुभएको हो ।