![](https://www.purbicommand.com/wp-content/uploads/2023/09/pakrau1.jpg.webp)
मोरङ,पाँचथरको कुम्मायक गाउँपालिका-५ स्थितबाट भरुवा बन्दुक सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ २९ गते भरुवा बन्दुक र खुकुरी बोकेर गाउँघरमा हो-हल्ला गरी आतंक मच्चाउदै हिडिरहेको भन्ने खबर प्राप्त हुनसाथ तत्काल ईलाका प्रहरी कार्यालय यासोक पाँचथरबाट खटिएको प्रहरी टोलिले स्थानीय ३६ बर्षीय कमल चेम्जोङलाई खाली भरुवा बन्दुक र खुकुरी सहित नियन्त्रणमा लिएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।