उर्लाबारी । नेकपा माओवादी केन्द्र उर्लाबारी नगर कमिटीले जनयुद्ध दिवसको अवसरमा दिपप्रज्वलन कार्यक्रम गर्ने भएको छ ।
बुधबार बसेको नगर कमिटीको बैठकले जनयुद्ध दिवस परिवर्तन प्रेमी नेपालीको साझा दिवस भएको उल्लेख गर्दै दिपप्रज्वलन कार्यक्रम गर्ने निर्णय गरेको हो । ३०औँ जनयुद्ध दिवसका अवसरमा उर्लाबारीमा दिपप्रज्वलन कार्यक्रम गर्ने भएको नगरअध्यक्ष गजेन्द्र दंगालले जानकारी दिनुभयो । उर्लाबारी चौकमा साँझ ६ बजे हुने कार्यक्रममा सबैलाई सहभागीताका लागि माओवादीले अनुरोध गरेको छ । ‘जनयुद्धको जगमा जुन अधिकार स्थापित भएका छन् । ती अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन् ’ अध्यक्ष दंगालले भन्नुभयो । नेकपा (माओवादी केन्द्र) ले नेतृत्व गरेको भए पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तन प्रेमी नेपालीको साझा दिवस भएको उहाँको भनाई छ । उहाँले जनयुद्धको साहस, वीरता र उत्सर्गको ऐतिहासिक क्रान्तिले राजनीतिक, आर्थिक, सामाजिक सांस्कृतिक, देशप्रेम एवं राष्ट्रियताप्रति समर्पित परिवर्तनको सपनालाई आत्मसात् गरेको बताउनुभयो । प्रधानमन्त्रीले जनयुद्धकै जगमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तसँगै धर्मनिरपेक्षता, समानुपातिक समावेशी एजेन्डा स्थापित हुनुका साथै उत्पीडित जाति, क्षेत्र, लिङ्गले अधिकार प्राप्त गरेको उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय