![](https://www.purbicommand.com/wp-content/uploads/2022/06/police_pakrau.jpeg)
बिराटनगर, मोरङ, झापा जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित लागू औषध सहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
माघ २८ गते झापाको विर्तामोड नगरपालिका-६ स्थितबाट अस्थायी प्रहरी चौकी बुट्टाबारीबाट गस्तिमा खटिएको प्रहरी टोलिले स्थानिय २५ बर्षीय मो. मुक्तार मन्सुरीलाई ३२० मिलिग्राम ब्राउन सुगर र ४ ग्राम १५० मिलिग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित नियन्त्रणमा लिएको हो यसैगरी झापा गाउँपालिका-३ स्थितबाट इलाका प्रहरी कार्यालय कुमरखोदले कन्काई नगरपालिका-३ का २५ बर्षीय दर्पन वाग्लेलाई ३ ग्राम ४८ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने बिराटनगर महानगरपालिका-१५ स्थितबाट लागू औषध नियन्त्रण ब्यूरो बिराटनगरको प्रहरी टोलिले भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको मोरङ उर्लाबारी नगरपालिका-२ का २९ बर्षी राजेश धिमाल र २८ बर्षीय निशान राईलाई २ ग्राम ४ मिलिग्राम ब्राउन सुगर सहित र अस्थायी प्रहरी चौकी कानेपोखरीले झापा दमक-१ का दिपक श्रेष्ठलाई १७ पिस प्रतिबन्धित लागुऔषध सहित नियन्त्रणमा लिएको हो ।