
उर्लाबारी, स्थापनाको छोटो अवधिमा उल्लेख्य प्रगति हासिल गरेको उर्लाबारी–७ स्थित नेपाल आदर्श अंग्रेजी स्कुलले पाँचौँ वार्षिकोत्सव दिवस भव्यताका साथ मनाउने भएको छ ।
आगामी फागुन ३ गते विविध कार्यक्रमका साथ पाँचौँ वार्षिकोत्सव ‘आदर्श अभ्योदय’ भव्यताका साथ मनाउने तयारी गरिएको प्रिन्सिपल सविना खड्का कार्कीले बताउनुभयो ।
वार्षिकोत्सवको अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रमका साथ विज्ञान प्रदर्शनी, फुड फेष्टिबल, चित्रकला प्रदर्शनी, रक्तदानलगायत कार्यक्रम राखिएको छ । सो अवसरमा नेपाल आदर्श मावि र नेपाल दर्शन कलेजका आधारभुत तहदेखि स्नातक तहका विद्यार्थीले आ–आफ्नो प्रतिभा प्रस्तुत गर्ने तयारी गरिएको छ । उक्त अवसरमा सहभागी भई आफ्ना नानीबाबुहरुको प्रतिभा अवलोकन गर्न सबै अभिभावकलगायत सरोकारवालालाई स्कुलका सञ्चालक प्रकाश कार्कीले आग्रह गर्नुभएको छ । नेपाल आदर्श स्कुलमा हाल छ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।