
मोरङ, झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
माघ २४ गते इलाका प्रहरीकार्यालय रानीबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा बिराटनगर महानगरपालिका-१६ स्थितबाट मोरङको उर्लाबारी नगरपालिका-७ का २० बर्षीय अमन मियालाई ४ ग्राम १८ मिलिग्राम खैरो हिरोईन सहित पक्राउ गरेको छ । त्यसैगरी बिराटनगर महानगरपालिका-१५ स्थितबाट लागूऔषध ब्यूरो विराटनगरबाट खटिएको टोलिले चितवनको भरतपुर महानगरपालिका-४ का २६ बर्षीय समिरलाई १ ग्राम १२ मिलिग्राम ब्राउन सुगर, बिराटनगर-११ का १९ बर्षीय कन्हैया सोनी र सोही स्थान बस्ने २२ बर्षीय आशिष कुमार यादवलाई ५४०मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । यसैगरी झापाको कन्काई नगरपालिका-४ स्थितबाट गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलिले स्थानिय घर भएका ३१ बर्षीय डम्बर बहादुर माझीलाई ६४० मिलि ग्राम ब्राउन सुगर सहित प्रकाउ गरेको हो भने सुनसरीको इटहरी उप-महानगरपालिका-६ स्थितबाट इटहरीबाट खटिएका प्रहरी टोलिले मोरङको सुन्दर हरैँचाका २३ बर्षीय निखिल राउतलाई १५० ग्राम लागऔषध र नगद एघार हजार छ सय दश रुपैया सहित र जिल्ला प्रहरी कार्यालय उदयपुरले ३५ बर्षीय बाल कुमार बुढाथोकीलाई ६ एम्पुल प्रतिबन्धित लागुऔषध सहित नियन्त्रणमा लिएको हो ।