
उर्लाबारी । मोरङको उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयको बार्षिक उत्सव तथा अभिभावक दिवसमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ आउने हुनुभएको छ ।
माघ २८ गते सोमबारका दिन हुने उक्त कार्यक्रममा प्रदेश प्रमुख खापुङ आउने हुनुभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोलिम पोमुले जानकारी दिनुभयो । उर्लाबारीकै अग्रणी र नमूना विद्यालयको रुपमा स्थापित उक्त विद्यालयको बार्षिक उत्सव तथा अभिभावक दिवसमा छात्रबृत्ति वितरण, सम्मान , सांस्कृतिक तथा खेलकुद कार्यक्रम लगायत रहने जनाइएको छ । सो विद्यालय २०२५ सालमा स्थापना भएको थियो । राधिकामा शिशु कक्षादेखि १२ कक्षासम्म र प्राबिधिक तर्फ कृषि बिषयको पढाई हुँदै आएको छ । यस विद्यालयमा २ हजार ५ सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयमा ४ कक्षादेखि कक्षा १२ सम्म अंग्रेजी र नेपाली दुवै माध्यममा पठनपाठन हुँदै आएको छ । शिशु कक्षादेखि कक्षा ४ सम्म बेग्लै ब्लग छ । कक्षा ११ र १२ मा मानविकी, व्यवस्थापन, शिक्षा, बाली विज्ञान, कानुन र विज्ञानको पढाइ भइरहेको प्रधानाध्यापक कुमार पोखरेलले जानकारी दिनुभयो । २०६६ सालदेखि उच्च मावि तहको पढाइ सुरु भएको थियो ।