
उर्लाबारी । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. २ ले सुत्केरीहरूलाई पौष्टिक तत्वयुक्त खानेकुरा उपहारका रूपमा प्रदान गरिएको छ ।
मंगलबार १ वर्ष नपुगेका ४५ जना सुत्केरी आमा र शिशुहरूलाई पौष्टिक तत्वयुक्त खानेकुरा कोसेली उपहार दिइएको हो । १ केजी घ्यू ,झुल, मह तथा अन्डा वितरण गरिएको वडाध्यक्ष बलबहादुर श्रेष्ठ (अर्पण) ले जानकारी दिनुभयो । सुत्केरी र नवजात शिशुहरूको पोषणमा सुधार ल्याउने खानेकुरा राखिएको कोसेली उपहार प्रदान गरिएको उहाँको भनाई छ । वडा कार्यालयको १ लाख बजेटमार्फत कार्यक्रम आयोजना गरिएको वडा सचिब अनिष ढकालले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी थगीमाया दाहालले वडाको यो कार्यले आफूहरूलाई प्रत्यक्ष लाभ पुर्याएको बताउनुभयो । उहाँले भन्नुभयो–‘यो सहयोगले सुत्केरी आमाहरूलाई ठूलो राहत पुगेको छ । स्वस्थ आमा र बच्चाका लागि पोषण आवश्यक हुन्छ, यस्तो कार्यक्रमले हामीलाई निकै सहयोग गरेको छ ।’