
उर्लाबारी । मिक्लाजुङ गाउँपालिकाका लेखा अधिकृत सुशील बास्तोलाको बिदाई कार्यक्रम गरिएको छ ।
गाउँपालिकामा लामो समयसम्म आर्थिक प्रशासनमा योगदान दिनुभएका बास्तोलाको बढुवा भएपछि सरुवा भएपछि विदाई गरिएको हो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बबिकुमार राई, उपाध्यक्ष दिनेश पौडेल, प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगरलगायतको जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
बास्तोलाको २०८१ माघ १० गते प्रदेश उपसचिवका रूपमा आर्थिक मामिला तथा योजना मन्त्रालयमा बढुवा भएसँगै मिक्लाजुङ गाउँपालिकाबाट बिदाई हुनुभएको हो । बास्तोलाले गाउँपालिकासँग बिताएको समय अविस्मरणीय रहेको बताउँदै सबै सहयोगी हातहरूप्रति आभार व्यक्त गर्नुभएको छ । साथै, उहाँले भावी दिनमा पनि गाउँपालिकाको समृद्धिका लागि आफ्नो सहयोग र सद्भाव रहने प्रतिबद्धता जनाउनुभयो ।