
उर्लाबारी । नेकपा (माओवादी केन्द्र) सुन्दरहरैंचा दोश्रो अधिवेशनले रोहित चौधरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
उपाध्यक्षमा गोमा अधिकारी (दिपा), सुरतकुमारी चौधरी (सिमा), हर्कमान पाहिम, सचिबमा फुलसरा तामाङ, सहसचिवमा कमला बि.क. र कोषाध्यक्षमा टिका भट्टराई सर्वसम्मत निर्वाचित भएको पार्टीका मोरङ जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य कुलप्रसाद साम्बा (कुशल) ले जानकारी दिनुभयो ।