मधुमल्ला/ मोरङको मिक्लाजुङमा मंगलबार सम्पन्न मिक्लाजुङ माध्यमिक विद्यालय स्तरिय कविता प्रतियोगितामा रिलायन्स अंग्रेजी मा.वि.का अंकित भण्डारी प्रथम स्थान हाशिल गरेका छन ।
मंगलबार मिक्लाजुङ साहित्य समाजको आयोजना, मिक्लाजुङ गाउँपालिकाको आर्थिक सहयोगमा लेखनाथ पुस्तकालयको सभाहलमा सम्पन्न मिक्लाजुङ माध्यमिक विद्यालय स्तरिय कविता प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगितामा दितिय, तृतिय र सान्त्वना क्रमश साई प्रिया बराल (मदर मधुमल्ला), समिप घिमिरे (सरस्वती अंग्रेजी विद्यालय, लक्ष्मि खड्का (भगवती मा वि) र वेनिशा श्रेष्ठ (मनोहर जनता मा वि )घोषित भए । कार्यक्रममा निर्णायकको भुमिकामा कवि तथा साहित्यकारहरु कृष्ण उदाशी, हेमन यात्री र देवान किरातीले गर्नु भएको थियो ।
विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरुलाई साहित्य लेखन प्रोत्साहन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको मिक्लाजुङ साहित्य समाजका अध्यक्ष गगन योक्पाङ्देनले बताउनु भयो । कार्यक्रममा प्रथम, द्धितीय, तृतीय र शान्तवना पुरस्कार प्राप्त गर्ने लाई नगद ७ हजार, ५ हजार, ३ हजार , १ हजार र प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यकममा मिक्जुलाजुङका सामुदायिक र संस्थागत गरी १० विद्यालयका १८ जनाले कविता वाचन गरेका थिए ।
कार्यक्रममा मिक्लाजुङ गाउँपालिका अध्यक्ष ववीकुमार राईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न स्थान बाट आउनु भएका कवि तथा साहित्यकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रम मिक्लाजुङ साहित्य समाजका सह-सचिव शायरा वानु राईले सञ्चालन गर्नु भएको थियो ।
ADVERTISEMENT