लेटाङ। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र लेटाङ नगरपालिका अन्तर्गतको वडा नम्बर -५ वडा कमिटीको दोस्रो अधिबेशन सम्पन्न भएको छ।
अधिबेशनले अर्जुन सुबेदिको अध्यक्षतामा १३ सदस्यीय कमिटी निर्वाचित गरेको हो। यस्तै उपाध्यक्षमा टिकाराम लम्साल, कोषाध्यक्षमा अम्बर बहादुर राई, सचीवमा सम्झना तामाङ र सहसचिवमा बिना ढुङ्गा निर्वाचित भएका हुन।
यसैगरि सदस्यहरुमा क्रमशः चुडामणिा लम्साल, नर बहादुर मगर, प्रेम बहादुर राई, लेख बहादुर तामाङ, महेश लम्साल, लाल बहादुर मगर, लिला नाथ दुलाल रहेका छन।
सनिवार सम्पन्न कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रिय सदस्य हेम कार्की र विशिष्ट अतिथिमा प्रदेश निर्वाचन सदस्य मौसम लिम्बु रहनु भएको थियो। यसैगरी अतिथिहरु प्रदेश कमिटी सदस्य कृष्ण लम्साल,जिल्ला समन्वय सदस्य भुपेस लिम्बू, गोपाल नेपाली, नगर अध्यक्ष बिनोद नेपाल, महिला उपाध्यक्ष तथा अखिल महिला क्रान्तिकारी नगरकी अध्यक्ष शान्ता राई, नगर सचिव भवानी लिम्बू, ९ नम्बर वडा कमिटी अध्यक्ष देबिभक्त ढकाल रहेका थिए।
नवनिर्वाचित कमिटीलाई शुभकामना दिदै आगन्तुक नेताहरुले अब लेटाङमा पनि माओवादी जागेको दाबी गरिरहेका छन। यसैगरी देशभर माओवादीका तल्लो कमिटीहरुले जनता सङ प्रत्यक्ष जोडीएर काम गर्न सके पार्टी बन्न कुनै समय नलाग्ने शुभकामना मन्तव्यका क्रममा बताए। ढिलै भएपनि माओवादीको एजेन्डा जनताहरुले बुझेका छन । आगामी ८४ मा अवस्य पनि लेटाङमा माओवादीलाई नेतृत्व गर्न पालो दिनेमा आफुहरु ढुक्क रहेको नेताहरुको निस्कर्ष छ।
यस्तै नवनिर्वाचित अध्यक्षले प्रतिबद्धता व्यक्त गर्दै लेटाङमा हुने बेथिति र भ्रस्टाचार विरुद्ध खुलेर खबरदारी गर्ने र जनताका जनजीवन संग प्रत्यक्ष जोडिएर समन्वयकरी भुमिकामा आफ्नो नेतृत्वको पार्टी रहने बताएका छन।
माओवादी केन्द्रले देशको नेतृत्व गरिरहदा भ्रस्टाचारी र माफिया विरुद्ध चालेको अभियानले देशैभरी माओवादी केन्द्रमा प्रवेश गर्ने लहर चलेको छ। सुशासन र समृद्धिका लागि लेटाङमा पनि छुटफुटमा परेका सबै माओवादीधारका पुराना कार्यकर्ताहरुलाई खोजी गरेर “घर फर्क अभियान” अन्तर्गत घरघरमै पुगेर पार्टीमा फर्काउने अभियान लेटाङका माओवादीहरुले चलाईरहेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय