उर्लाबारी । व्यवसायी तथा उद्योगीहरूलाई करप्रति सचेत बनाउन उर्लाबारी उद्योग वाणिज्य संघको आयोजनामा कर सहभागिता सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा ५५ भन्दा बढी व्यवसायीहरू सहभागी हुनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा प्रशिक्षक मनिष भट्टराईले करसम्बन्धी प्रावधान, कर गणना गर्ने तरिका, भ्याट (भ्याट) दर्ताको आवश्यकता, आयकर विवरण बुझाउने विधि, डिजिटल कर प्रणाली र व्यवसायीहरूका लागि उपलब्ध कर छुटका विषयमा विस्तृत प्रशिक्षण दिनुभएको थियो । ।‘स्वेच्छिक कर सहभागिताले व्यवसायीहरूको दीर्घकालीन स्थायित्व मात्र होइन, उनीहरूको प्रतिष्ठा र कानुनी सुरक्षासमेत सुनिश्चित गर्छ,’ उहाँले प्रष्ट पार्नुभयो ।
कार्यक्रमकासंघका अध्यक्ष तारामान सेरेङले कर तिर्नु नागरिकको मात्र होइन, व्यवसायीहरूको पनि नैतिक र कानुनी दायित्व भएको बताउनुभयो । उहाँले व्यवसाय दर्ता, कर तिर्दा पाइने सुविधा, कर छलीका कानुनी असर तथा सरकारद्वारा प्रदान गरिने सेवा सुविधामा करको योगदानका विषयमा जानकारी गराउनुभयो । ‘समुन्नत समाज र सशक्त अर्थतन्त्रको लागि सबै व्यवसायीहरूले कर प्रणालीलाई इमानदार रूपमा पालना गर्न आवश्यक छ,’ उहाँले भन्नुभयो । सहभागी व्यवसायीहरूले करसम्बन्धी यस्ता सचेतना कार्यक्रमहरू अत्यन्तै उपयोगी भएको बताएका छन् । धेरै व्यवसायीहरूले करप्रति रहेको अन्योल हटेको तथा स्वेच्छिक कर सहभागिताप्रति आफूहरू झन् सकारात्मक बनेको प्रतिक्रिया दिएका थिए । संघले यस्ता सचेतना कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । संघले व्यवसायीहरूको हितमा कर प्रणालीको सही जानकारी पु¥याउन सरकारसँग सहकार्य गर्दै भविष्यमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय