उर्लाबारी, उर्लाबारी-९ दुर्गापुरीमा उर्लाबारी-८ निवासी युवाब्यक्तित्व कमल डागिको विशेष सहयोग र बिजय घिसिङको पहलमा नेपालको राष्ट्रिय झन्डा राखिएको छ।

राष्ट्रिय पहिचान झल्काउने यो कार्यक्रम वडा अध्यक्ष नरबहादुर मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न स्थानका व्यक्तिहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै वडा अध्यक्ष मोक्तानले राष्ट्रिय एकता र पहिचानलाई जोगाउन यस्ता गतिविधिहरू महत्त्वपूर्ण हुने बताए। झन्डा राख्नका लागि कमल डागिको सहयोग र बिजय घिसिङको पहलप्रति अध्यक्ष मोक्तानले विशेष धन्यवाद व्यक्त गरे।
कार्यक्रममा सहभागी अन्य स्थानीय व्यक्तित्वहरूले राष्ट्रिय भावना जागृत गर्न र एकता प्रवर्द्धनमा यस्ता कार्यहरूको महत्त्वमाथि प्रकाश पारे।  राष्ट्रिय झन्डाको सम्मान र देशभक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकहरूले जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय