उर्लाबारी । जीवन बचाउ उपचार सेवा केन्द्रको आयोजनामा मोरङको उर्लाबारी–७ मा लागुऔषध नियन्त्रण सम्बन्धि सचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ ।
सोमबार उर्लाबारी पार्टी प्यालेसमा भएको सचेतनामूलक कार्यक्रममा उर्लाबारी–७ को नेपाल आर्दश अंग्रेजी बोर्डिङ स्कुल, पशुपति आमाबि, भृकुटी मोडल एकाडेमीलगायतका १ सय भन्दा बढी विद्यार्थीहरुको सहभागीता रहेको थियो । विद्यार्थीहरूलाई लागुऔषध सम्बन्धी जानकारी गराई आफू, आफ्नो घरपरिवार र समाजलाई सुरक्षित राख्न सहयोग पुगोस् भन्ने हेतुले कार्यक्रमको आयोजना गरेको केन्द्रका अध्यक्ष पवन थापाले जानकारी दिनुभयो । पछिल्लो समयमा लागु पर्दाथ दुव्र्यसनीको प्रयोग बढिरहेको अवस्थामा यसबाट बच्न आम नागरिकलाई सचेतना फैलाउन आवश्यक रहेको समेत उहाँको भनाई छ । कार्यक्रममा लागु औषध नियन्त्रणका साथै समाजको समग्र विकासको अवस्था, शैक्षिक गुणस्तरको लगायतका सामाजिक सवालहरूका बारेमा छलफल भएको उर्लाबारी वडा नं. ७ की वडाध्यक्ष उर्मिला थापाले बताउनुभयो । मदिरा, लागुऔषध नियन्त्रणको विषयमा सचेतना मूलक कार्यक्रमलाई अगाडी बढाइएको उहाँको भनाई छ । कार्यक्रममा इलाका प्रहरी कार्यालय उर्लाबारीका सई चुणामणि पौडेलले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा उर्लाबारी नगरपालिकाकी पूर्वउपप्रमुख लक्ष्मीदेवी भण्डारी, नेपाली कांग्रेस उर्लाबारीका सभापति सुरेन्द्र लिम्बू, उर्लाबारी–७ का वडा सदस्य सन्तोष निरौला, सुमन कार्कीलगायत शिक्षक, विद्यार्थी र स्थानीयको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय