दिपेन्द्रबहादुर बराईली
उर्लाबारी । अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन नजिकिँदै गर्दा मोरङका नगेन्द्रबहादुर घिमिरेको उम्मेदवारीले विशेष चासो र चर्चा पाएको छ ।
विद्यार्थी अधिकार, संगठन सुदृढीकरण र समृद्ध नेतृत्वको अभियानमा सक्रिय उहाँले केन्द्रीय खुला सचिव पदमा उम्मेदवारी दिनुभएको छ । नेपालको शिक्षण संस्थामा देखिएका समस्याहरूलाई समाधान गर्न उहाँले विशेष प्राथमिकता दिने बताउनुभएको छ । उहाँको उम्मेद्वारीले विद्यार्थीहरुमा उत्साह थपेको छ ।
बर्तमान शिक्षाको अवस्था र समस्याहरु गुणस्तर शिक्षाको अभाव: ग्रामीण भेगमा शिक्षाको पहुँच र गुणस्तरबीच ठूलो खाडल छ। शिक्षामा लगानीको न्यूनता: शिक्षालाई प्राथमिकता दिने सरकारी नीति निर्माणमा कमजोरी। सीपमुखी शिक्षाको कमी: शैक्षिक प्रणाली अझैपनि केवल डिग्री केन्द्रित छ। विद्यार्थीमाथिको अन्याय: शुल्क वृद्धिदेखि शैक्षिक संस्थामा अनुशासनहीनता । उनको दृष्टिकोण शिक्षालाई पहुँचयोग्य, गुणस्तरीय र सीपमुखी बनाउने अठोट गरेका छन्। उनले विद्यार्थीहरूको नेतृत्व गर्दै शैक्षिक समस्या समाधानमा विशेष अभियान चलाउने प्रतिवद्धता व्यक्त गरेका छन्। राजनीतिक यात्रा: अनुभवले बनेको नेतृत्व घिमिरेको राजनीतिक जीवन सफल नेतृत्वको साक्षी हो। उनले विभिन्न तहमा संगठनात्मक जिम्मेवारी सम्हाल्दै संगठनलाई सशक्त बनाउन विशेष भूमिका खेलेका छन्। २०६७ अरनिको मा.वि. अध्यक्ष हुँदै संगठनलाई बुझ्न र नेतृत्व गर्न लागि परेका उनि २०७३ मा उर्लाबारी बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको प्रत्यक्ष स्ववियु सदस्यमा निर्वाचित भएका थिए। उनको विद्यार्थी राजनीतिक यात्राले २०७८ नयाँ मोड लियो सानै उमेर देखि सक्रिय नेतृत्वको भुमिका निर्वाह गर्न पछि नहट्ने उनि मोरङ जिल्ला अध्यक्षको नेतृत्वमा चुनिए उनको नेतृत्वले संगठनलाई नयाँ उचाईमा पुराउन महत्त्व भुमिका निर्वाह गर्यो ।
उसले एक दशक बढी विद्यार्थी राजनीतिमा संघर्ष गर्दै गर्दा सोही संघर्षको नतिजाले उनि २०८० सालमा अखिल क्रान्तिकारी केन्द्रीय सदस्य समेत भए । यी जिम्मेवारीहरुले संगठनमा उनीप्रतिको विश्वास र उनको नेतृत्व क्षमताको प्रमाणित गरेका छन्। घिमिरेको उम्मेदवारीको प्राथमिकता उनले आफ्नो उम्मेदवारीलाई संगठन सुदृढीकरण, विद्यार्थीहरूको हकहित र लोकतान्त्रिक अभ्यासलाई संस्थागत बनाउने उद्देश्यमा केन्द्रित गरेका छन्। उनले शिक्षालाई समृद्ध बनाउँदै शैक्षिक सुधारका लागि व्यापक पहल गर्ने योजना सुनाएका छन्। उनका शब्दमा, “विद्यार्थीहरूको शैक्षिक समस्या समाधान गर्दै संगठनलाई अग्रगामी बाटोमा अघि बढाउनु मेरो मुख्य उद्देश्य हो।” त्यसको त उनले व्यवस्थापनमा स्नातकोत्तर (MBS, 2018-2020) र ग्रामीण विकासमा स्नातकोत्तर (MA, 2021-2023) हाल कानुन (LLB, 2024 Running) मा अध्ययन गरिरहेका छन्। उनको शैक्षिक यात्रा समेत उदाहरणीय रहेको छ । अपिल घिमिरेले अत्यधिक मतका साथ विजयी गराउन अपील गर्दै संगठनलाई अझै सशक्त बनाउन सबैलाई एकताबद्ध हुन आग्रह गरेका छन्। उनका समर्थकहरूले उनलाई संगठनमा नयाँ सोच, उर्जा र अग्रगामी नेतृत्वका लागि उपयुक्त उम्मेदवार मानेका छन्। नगेन्द्र बहादुर घिमिरेको उम्मेदवारीले विद्यार्थी र संगठनका हकमा ठूलो आशा र विश्वास पैदा गरेको छ।