उर्लाबारी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उर्लाबारी नगर समितिले संगठन विस्तार तीब्र पारेको छ ।
पार्टी संगठनलाई चयलमान बनाउन रास्वपाले संगठन विस्तार तीब्र पारेको हो । सोही क्रममा रास्वपा उर्लाबारी–२ को अधिवेशनबाट राजेन्द्र धिमाल सभापतिमा चुनिनुभएको छ भने सदस्यहरुमा देबेन्द्र कार्की, सुरेन्द्र खनाल, शंकर राई, अमर श्रेष्ठ, नकबहादुर मगर, देबीमाया खतिवडा र दुर्गादेवी श्रेष्ठ चुनिनुभएको छ ।
त्यस्तै, वडा नं. ३ को सभापतिमा दिपक थपलिया चुनिनुभएको छ भने सदस्यहरुमा कविता गदाइृली, धनबहादुर राई, भीमबहादुर भण्डारी, अम्बिकाप्रसाद रिजाल, योगेन्द्र थापा, कमलप्रसाद लम्साल र कुमारी दर्जी रहनुभएको छ । जिल्ला सभापति भरत कँडेललगायतको उपस्थितिमा रास्वपाको भेला तथा संगठन विस्तार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय