उर्लाबारी । नेकपा (माओवादी केन्द्र) उर्लाबारी नगर कमिटीलाई नगर अधिवेशनको चटारो छ ।
माओवादी केन्द्र उर्लाबारीको माघ १२ गते अधिवेशन हुँदैछ । अधिवेशनलाई भब्य र सभ्य तरिकाले सम्पन्न गर्न विभिन्न उपसमिति नै बनाएर तयारीमा जुटिरहेको छ । पार्टीका नगर अध्यक्ष गजेन्द्र दंगालको नेतृत्वमा ६५ सदस्यीय आयोजक समिति गठन भएको छ भने १५ सदस्यीय सचिवालय समिति रहेको छ ।
त्यस्तै, उपाध्यक्ष खगेन्द्र पराजुलीको संयोजकत्वमा आर्थिक समिति बनेको छ भने जसको सदस्यमा रमा थापा, राजीव लिम्बू र मिलन दाहाल रहनुभएको छ । सचिब पवन चौधरी संयोजक र सदस्य सरोज बस्नेत सह–संयोजक रहेको प्रचारप्रसार समिति रहेको छ । जसको सदस्यमा पुजन दास, दिपेन्द्रबहादुर बराईली र विजय धिमाल रहनुभएको छ ।
त्यस्तै, प्रतिवेदन लेखनमा नगरअध्यक्ष दंगाल नै संयोजक रहनुभएको छ । जसको सदस्यमा सचिब पवन चौधरी र कोषाध्यक्ष रमा थापा रहनुभएको छ । त्यस्तै, उपाध्यक्ष टेकबहादुर भट्टराईको संयोजकत्वमा परमजिता गौतम, दिपक आले मगर, इन्दिरा बराल, राधिका काफ्ले, यामलाल रसाईली, राजेन्द्र बास्तोला सदस्य रहेको मञ्च ब्यवस्थापन समिति रहेको छ । त्यस्तै, सहसचिब दिपक आले मगर संयोजक रहेको अतिथि सत्कार समितिको सदस्यमा विन्दा सिटौला र निर्मला घिमिरे सदस्य रहनुभएको छ । अधिवेशनको तयारी तीब्र गतिमा भइरहेको पार्टीले जनाएको छ ।
उर्लाबारीको नगर अधिवेशनका लागि केन्द्रीय सदस्य विशेन्द्र चेम्जोङलाई खटाइएको छ ।
ADVERTISEMENT