उर्लाबारी । स्वर्गीय आमा सिता घलेको स्मृतिमा उर्लाबारी–७ स्थित नमूना बाल गृहमा सहयोग गरिएको छ ।
बुधबार पथरीशनिश्चरे– १ निवासी स्वर्गीय घलेको ४९ औं दिनमा बाल गृहमा सरसफाईका सामान र खाद्यान्य सहयोग गरिएको हो । घले परिवारका सदस्य राजु घले, छोरी रञ्जना घले, ज्वाई रविन लामा, भाई प्रकाश गुरुङलगायतले बाल गृहमा आश्रित बालबालिकाहरुलाई सरसफाईका सामान र खाद्यान्य सहयोग गरेका छन् । उर्लाबारी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष समेत रहनुभएका ज्वाई रविन लामाले सासु आमाको स्मृतिमा बालबालिकाहरुलाई सहयोग गरेको बताउनुभयो । गरिब तथा विपन्न समूदायका लागि आफूले सकेको सहयोग गर्ने बताउँदै बाल गृहको विकासमा पनि आगामी दिनको सहयोग जारी राख्ने उहाँको भनाई छ । बाल गृहमा ६८ जना बालबालिकाहरु आश्रित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय