उर्लाबारी, उर्लाबारी नगरपालिकाले चालु आवको पहिलो चौमासिकमा भए गरेका कार्यहरुको बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

आज नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा नगरबासीले विविध विषयमा प्रश्न राखेका थिए । सेवाग्राहीको प्रश्नका नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ता, इलाका प्रशासन कार्यालय उर्लाबारीका प्रमुख महेशराज तिम्सिनाले जवाफ दिनुभएको थियो । सञ्चार क्लब नेपालको सहजीकरणमा भएको कार्यक्रममा चालु आर्थिक वर्ष २०८१÷०८२ को पहिलो चौमासिकमा भए गरेका कार्यहरु योजना शाखाका अधिकृत विकास दाहालले प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय