उर्लाबारी । नेकपा माओवादी केन्द्र उर्लाबारी वडा नं. ७ को वडा अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
सोमबार उर्लाबारी–७ नवदुर्गा वेद विद्या मन्दिरको सभाहलमा भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । अध्यक्षमा सुरेन्द्र बोहोरा, उपाध्यक्षमा सरखानु साह, सचिबमा पुष्कर भट्टराई, सहसचिबमा मनोज थापा र कोषाध्यक्षमा सावित्रा दियाली रहनुभएको छ । त्यस्तै, सदस्यहरुमा राजेश चौधरी, प्रविण चौधरी, अस्मिता शिवा, टेकबहादुर थापा, मदन भण्डारीलगायत रहनुभएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विशेन्द्र चेम्जोङको प्रमुख आतिथ्यता भएको अधिवेशनमा उर्लाबारी नगर अध्यक्ष गजेन्द्र दंगाल, नगर सचिवालय सदस्य यमलाल रसाईली, नगर सदस्य तथा प्रेस सेन्टर पूर्वी शाखाका अध्यक्ष सरोज बस्नेतलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम निवर्तमान वडा अध्यक्ष बुलन पासवानको सभापतित्वमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय