उर्लाबारी । मोरङको उर्लाबारी–८ अठियाबारीमा रहेको लक्ष्मी माध्यमिक विद्यालयको ३२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
शुक्रबार विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नारायण धिमालको अध्यक्षता एबं उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेलको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामबहादुर थापाले विद्यालयको प्रगति प्रतिवेदन, विद्यालयका शैक्षिक गतिविधिहरू र आगामी योजनाहरूका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा उर्लाबारी नगरपालिका ८ का वडा अध्यक्ष कुलबहादुर कार्की, वडा सदस्य डम्बर बराल, सामाजिक अभियन्ता रुद्रबहादुर तामाङ, विभिन्न विद्यालयका प्रधानाध्यापकहरूलगायतले बोल्नुभएको थियो । सोही अवसरमा शिक्षक तथा अभिभावकलाई सम्मानसमेत गरिएको छ । कार्यक्रमको अवसरमा विभिन्न खेलकुद गतिबिधिमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो भने लक्ष्मी जुनियर रेडक्रसले रक्तदान कार्यक्रमसमेत गरेको थियो । जसमा १५ जनाले रक्तदान गरेको लक्ष्मी जुनियर रेडक्रस उपाध्यक्ष पारस ढुंगानाले जानकारी दिनुभयो ।
कार्यक्रममा बिद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन माईकल राउत र ममता घिमिरेले गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय