उर्लाबारी । मोरङको उर्लाबारी–२ स्थित बेतिनी सामुदायिक वन उपभोक्ता समूहको २२ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बिहीबार समूहका अध्यक्ष भीमबहादुर राईको अध्यक्षता तथा उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेलको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा बोल्दै नगरप्रमुख खरेलले उर्लाबारीको पहिचानको रुपमा रहेको बेतिनी सिमसारलगायतको गुरुयोजना बनाएर पर्यटन विकासमा नगरपालिका लागि परेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा उर्लाबारी नगरपालिका वडा नं. २ का वडाध्यक्ष राजनकुमार कँडेलले पनि वडाले पनि पर्यटकीय क्षेत्रको विकासमा लागि परेको बताउनुभयो । संस्थाका उपाध्यक्ष श्यामप्रसाद ढकालले बार्षिक कार्ययोजना, कोषाध्यक्ष अरुणा थापाले आर्थिक प्रतिवेदन र लेखा संयोजक देवमणि न्यौपानले लेखा प्रतिवेदनले प्रस्तुत गर्नुभएको थियो । उहाँहरुले पेश गरेको प्रतिवेदन बन्द सत्रमा छलफल पश्चात पारित भएको छ । सोही साधारणसभाको अवसरमा उभार मिडिया (नेपाली पोर्टल) का सञ्चालक नवराज भट्टराईलाई नगद १० हजारसहित पुरस्कृत गरिएको छ । भट्टराईसहित कर्मचारी दिलबहादुर तामाङ, खगेन्द्र बस्नेत पनि पुरस्कृत हुनुभएको छ । त्यस्तै, टोली संयोजक दुर्गादेवी गौतम र चुणामणि कार्कीलाई पनि नगदसहित पुरस्कृत गरिएको छ । त्यस्तै, जेष्ठ नागरिक मिनलाल गिरी, देवीमाया गिरी र बेदमाया अधिकारीलाई सम्मान गरिएको छ । कार्यक्रम सञ्चालन सचिब अर्जुन बास्तोलाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय