
उर्लाबारी । मोरङको उर्लाबारी–३ मंगलबारेमा सम्पन्न दोस्रो संस्करणको वडास्तरीय भेट्रान फुटबल रनिङ कप २०८१ प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ ।
मंगलबारे भेट्रान क्लबको आयोजनामा गत असोज १५ गतेदेखि वडास्थित प्रस्तावित सालबारी रंगशालामा सम्पन्न सो प्रतियोगितामा जम्मा ३ लाख ६६ हजार ५ सय २४ रुपैयाँ आम्दानी र ३ लाख ६० हजार ९७ रुपैयाँ खर्च भएको क्लवका अध्यक्ष राजन सुवेदीले जानकारी दिनुभयो । सम्पूर्ण खर्च कटाएर ६ हजार ४ सय २७ रुपैयाँ बचत भएको उहाँले बताउनुभयो ।