
उर्लाबारी । आगलागी पीडित मोरङको मिक्लाजुङ गाउँपालिका–४ निवासी बसन्त तामाङलाई कोशी प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलकी सचेतक शोभा चेम्जोङ पालुङ्वाले आर्थिक सहयोग गर्नुभएको छ ।
आगलागीबाट घरसहित सम्पूर्ण सामान जलेर नष्ट भएको थियो । ३५ लाख २० हजार बराबरको क्षति भएको मिक्लाजुङ वडा नं. ४ का वडाध्यक्ष विशाल राईले जानकारी दिनुभयो । आइतबार सांसद पालुङ्वाले आगलागी पीडित परिवारसँग भेटघाटसहित घर निर्माणका लागि व्यक्तिगततर्फबाट ५ हजार आर्थिक सहयोगसमेत गर्नुभएको छ । दुःखद् घटना भएको बताउँदै उहाँले आगलागी पीडित परिवारका लागि प्रदेश सरकारमा सहयोगका पहल गर्ने बताउनुभयो ।