उर्लाबारी , उर्लाबारी नगरपालिकामा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले वडा नं. १ मा वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सुरु गरेको छ । वैदेशिक रोजगारमा रहेका व्यक्तिहरुका परिवारका लागि २१ हप्ते कक्षा सुरुआत गरेको हो । आज नगर उपप्रमुख मीना खतिवडा पौडेलले कार्यक्रमको उद्घाटन गर्नुभयो ।

सो अवसरमा उहाँले वैदेशिक रोजगारमा रहेका व्यक्तिहरुले पठाएको रेमिट्यान्सको सही सदुपयोग गर्नुपर्ने बताउँदै स्वदेशमा रहेका उनीहरुका परिवारले पनि आयआर्जनका क्षेत्रमा कार्य गर्नुपर्ने बताउनुभयो । वडाध्यक्ष तिलक पाण्डेले वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । वडाभित्रका २७ जना महिला सहभागी कक्षामा सामी परियोजनाका वित्तीय सहजकर्ता तिलक नेपाली र मनोसामाजिक परामर्शकर्ता कल्पना बरालले सहजीकरण गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय