
उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघका पूर्व बरिष्ठ उपाध्यक्ष विनोद न्यौपानेलाई पितृ शोक परेको छ ।
न्यौपानेका पिता खगेन्द्रप्रसाद न्यौपानेको ९२ वर्षको उमेरमा शनिबार निधन भएको हो । खगेन्द्रप्रसाद सामाजिक तथा धार्मिक व्यक्तित्वको रुपमा परिचित रहनुभएको थियो । उहाँको आइतबार विहान १० बजे उर्लाबारी–४ स्थित बक्राहा घाटमा अन्तेष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।